वैशाख ३१, नयाँ दिल्ली | दिल्लीको व्यावसायिक भवनमा अगालागी, २७ जनाको मृत्यु भएको छ। पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।
आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।
सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् । मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने मोदीले घोषणा गरेका छन् ।