वैशाख ३१, इलाम | इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए ।
असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएकाे छ । गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ ।