भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबा"/>
२०८३, १७ जेष्ठ आईतवार
काठमाडौँ - KTM

पूर्वराजा वीरेन्द्रको सालिक मध्यरातमा हटाएपछि…

२०७३, १७ भाद्र शुक्रबार ०६:१९

भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबार राती हटाएको छ । 

जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो ।

बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन

आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो । 

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । 

नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी