२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीको बरहथवाकाे एक मतदानस्थलमा पुनः मतदान हुने

२०७९, ३१ बैशाख शनिबार ११:२९

वैशाख ३१, सर्लाही | सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । बरहथवा नगरपालिका–१७ स्थित आधारभुत विद्यालय परोरिया मतदान स्थलमा रहेको दुई मतदान केन्द्रमा विवादका कारण सबै मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

विवाद भएको बहरथवा नगरपालिका–१७ को दुई वटा मतदान केन्द्रमा गरी १९ सय ५४ जना मतदाता थिए । त्यसमध्ये शुक्रवार भएको मतदानमा जम्मा तीन सय ७२ मत मात्रै खसेको थियो । 


शुक्रवार मतदान सुरु भएको केही घण्टापछि दिउँसो १ बजे राजनैतिक दलका नेताबीच मतदान प्रकृयाको विषयमा भएको विवादले झडपकाे रुप लिएकाे थियो । त्यसपछि अवरुद्ध भएको मतदान समय अवधीभर पनि सुरु हुन नसकेपछि साँझ यसै मतपेटिका मुचुल्का तयार गरेर बन्द गरिएको थियो । जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले विनाकारण विवाद गरेर मतदाताहरूलाई कुटपिट गरी सख्त घाइते बनाएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी, स्वतन्त्र लगायतले निर्वाचन कार्यालयमा निवेदन समेत दिएका थिए । 

उक्त नगरको एक वडाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएपछि नगरको मत गणना स्थगित भएको छ । रद्द भएको मतदान केन्द्रको मतदान भने प्रचलित कानुन अनुसार सर्वदलीय छलफलबाट मिति तोकिने बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ