२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल प्ले स्टोरबाट एकैपटक ९ लाख एप हट्दै

२०७९, ३१ बैशाख शनिबार १२:०१

वैशाख ३१, काठमाडौं | गुगलले प्ले स्टोरबाट लामो समयसम्म अपडेट नभएका करिब नाै लाख एन्ड्रोइड एप हटाउने भएको छ । केही समयअघि मात्र गुगल र एप्पलले दुई वर्षसम्म अपडेट नभएका एपलाई हटाउने घोषणा गरेको थियो ।

सोही अनुरुप गुगलले आठ लाख ६९ हजार एप प्ले स्टोरबाट हटाउँदैछ भने एप्पलले छ लाख ५० हजार एप स्टोरबाट हटाउने भएको छ ।


गुगलले पहिलो चरणमा अपडेट नआएका एपलाई केही समय लुकाएर राख्ने बताएको छ । यदि नयाँ अपडेट आएमा प्रयोगकर्ताले सो एप प्रयोग गर्न पाउनेछन् । अन्यथा एप हटाइनेछ ।

आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै दुवै कम्पनीले यस्तो निर्णय लिएका हुन् । पुराना एपले एन्ड्रोइड र आईओएसमा भएका परिवर्तन, नयाँ एपीआई वा परिष्कृत सुरक्षा अपडेट केही नपाउने भएकाले यी कम्पनीले एप हटाउने निर्णय लिएका हुन् ।

केही डेभलपरहरूले भने यो सम्भव नभएको बताएका छन् । विशेषगरी केही गेम डेभलपरहरूले दुई वर्षसम्म कुनै गेमका लागि अपडेट आवश्यक नहुँदा त्यसमा अपडेट नगरिने भएकोले यो निर्णय ठीक नभएको गुनासो पोखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने