२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

३१ बैशाख २०७९, शनिबार १४:५५

वैशाख ३१, सिराहा | सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी  बेहोस भएका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलाई बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा (एकीकृत समाजवादी) का मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका हुन् ।

लाहान ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बैठक वस्ने क्रममा मेयर पदका उम्मेदवार साहले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको सहायक निर्वाचन अधिकृत अनिल साहले जनाए  । उनी ‘वेहोस भएपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुयाई सामान्य उपचारपछि क्वार्टर ल्याइएको थियो, उहाँको स्वस्थ्य अवस्था समान्य रहेको छ' साहले भने ।  पुनः बैठकका लागि दलीय प्रतिनिधिहरुलाई फोन मार्फत जानकारी गराइ रहेको र केहिछिन पछि बैठक बसि मतगणना शुरु गरिने उनले बताए । 

भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान