वैशाख ३१, चितवन । चर्चाको केन्द्र बनेको भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत प्राप्त गरेकी छन् ।

रेनुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत प्राप्त गरेका छन् । यो मत रेनुको भन्दा ३१ मतले मात्र कम हो ।

भरतपुरमा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यता गठबन्धन नमानेर उम्मेदवार बनेका जगन्नाथ खतिवडाले १२१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहँदा राप्रापाकि हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।

ताजा नतिजा : Update

भरतपुरमा १२५०गणना हुँदा:

रेनु दाहाल: ४८३

बिजय सुवेदी: ४०२

जगन्नाथ पौडेल: १५७

उपमेयर:

चित्रसेन अधिकारी ५३६

हिमला गुरुङ ३२०

Related News