२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको मतगणना अपडेट, कुन ठाउँमा कसको जित?

१ जेष्ठ २०७९, आईतवार ०६:१७

जेठ १, इलाम | इलामको सूर्योदय नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् ।  कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।

लिम्बूले ८७३ मत पाउँदा राईले ८४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।

माङसेबुङ गाउँपालिका-१ मा भने एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन भएको माङसेबुङ-१ मा माओवादी केन्द्रका भूपाल योङहाङ वडाध्यक्ष निर्वाचित भएका हुन् । उनले कांग्रेस-जनता समाजवादी पार्टीका भक्तराज लिम्बूलाई १३३ मतले पराजित गरे । योङहाङले ७७३ मत पाउँदा लिम्बूले ६४० मत पाएका थिए ।

महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती, खुला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू विजयी भएका छन् ।

इलाम नगरपालिका-२ मा भने एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गिरिराज रिजाल ७२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । महिला सदस्यमा मिना दाहाल, दलित महिला सदस्य सरिता दियाली, खला सदस्यमा शेरबहादुर खालिङ, र राजेन देवान विजयी भएका छन् ।

रोङ गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरेका हुन् । कांग्रेसका मनोहरि खड्काले ६१० मत प्राप्त गर्दा एमालेका मनोज खड्काले ४८८ मत पाएका छन् । दुवै एकाघरका दाजुभाइ हुन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् । अन्य सदस्यमा कांग्रेसका उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य