2026-08-23 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको मतगणना अपडेट, कुन ठाउँमा कसको जित?

जेठ १, इलाम | इलामको सूर्योदय नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् ।  कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।

लिम्बूले ८७३ मत पाउँदा राईले ८४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।

माङसेबुङ गाउँपालिका-१ मा भने एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन भएको माङसेबुङ-१ मा माओवादी केन्द्रका भूपाल योङहाङ वडाध्यक्ष निर्वाचित भएका हुन् । उनले कांग्रेस-जनता समाजवादी पार्टीका भक्तराज लिम्बूलाई १३३ मतले पराजित गरे । योङहाङले ७७३ मत पाउँदा लिम्बूले ६४० मत पाएका थिए ।

महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती, खुला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू विजयी भएका छन् ।

इलाम नगरपालिका-२ मा भने एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गिरिराज रिजाल ७२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । महिला सदस्यमा मिना दाहाल, दलित महिला सदस्य सरिता दियाली, खला सदस्यमा शेरबहादुर खालिङ, र राजेन देवान विजयी भएका छन् ।

रोङ गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरेका हुन् । कांग्रेसका मनोहरि खड्काले ६१० मत प्राप्त गर्दा एमालेका मनोज खड्काले ४८८ मत पाएका छन् । दुवै एकाघरका दाजुभाइ हुन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् । अन्य सदस्यमा कांग्रेसका उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो