पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १, भरतपुर |</b> मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ ।<br></p><p>एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।</p>

