पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १, काठमाडौँ | सरकारले आजबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आईतबार) पनि बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भने पहिलेकै अवस्थामा कामकारबाही गर्ने भएको छ ।

सरकारले परीक्षणको रुपमा आजबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि त्रिविले भने पूर्व निर्धारित परीक्षाहरु रहेको भन्दै पहिलेकै अवस्थामा काम गर्ने जनाएको छ ।

सूचना तथा जनसंख्या शाखाले विज्ञप्ति जारी गर्दै कोरोनाको कारण शैक्षिक क्यालेन्डरमा समेत असर परेकोले बिदा दिन नसकिने जनाएको छ ।

‘विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिला भएको, पठनपाठन र परीक्षा तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यलायका सेवाहरु सञ्चालनमा रहने सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएसँगै त्यसको खपत कम गराउने उदेश्यका साथ हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आजबाट परीक्षणको रुपमा लागू गरिएको उक्त प्रावधान पूर्णकालिन रुपमा कार्यान्वयन हुने वा नहुने भने निर्णय भएको छैन ।