2026-10-25 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिउपोलमा सयौं युक्रेनी लडाकुद्वारा आत्मसमर्पण, रुसबाट मृत्युदण्डकाे धम्की

जेठ ४, काठमाडौँ | हप्तौंको प्रतिरोधका बाबजुद पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधवार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ ।

मारिउपोलमा युक्रेनमा रुसी युद्धको सबैभन्दा विनाशकारी घेराबन्दी भएको थियो । कयौं दिनको युद्ध र कयौंले ज्यान गुमाएपछि युक्रेनी लडाकुको आत्मसमर्पणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि एक विजयको दाबी गर्न अनुमति समेत दिएको टिप्पणी आउन थालेको छ ।

रुसी बख्तरबंद सवारीसाधनले पछ्याइरहेको गाडीहरू सोमबार मारिउपोल आएका थिए । पाँच जनालाई रुसी नियन्त्रित सहर नोवोआजोभस्क लगिएको थियो । जहाँ मस्कोले घाइते लडाकुहरूको उपचार गरिने बताएको छ।

एजोभस्टालबाट युक्रेनी लडाकुहरू बोकेका सात वटा बसहरू डोनेट्स्क नजिकै रुसी नियन्त्रित ओलेनिभका सहरमा नयाँ पुनः खोलिएको जेलमा लगिएको रोयटर्सका प्रत्यक्षदर्शीले बताएका छन् ।

रुसले कम्तीमा २५६ युक्रेनी लडाकुहरूले आफ्ना हतियार राखेर आत्मसमर्पण गरेको बताएको छ, जसमा ५१ गम्भीर घाइते छन्। युक्रेनले भने ५३ घाइतेसहित २६४ सैनिक त्यहाँ रहेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयको भिडियोमा लडाकुहरूले प्लान्ट छोडेको देख्न सकिन्छ । सो क्रममा कोहीलाई स्ट्रेचरमा बोकेको र कसैले हात माथि गरेको देखिएको छ ।

ओलेनिभका सहरमा लगिएका लडाकुहरूमा महिलासमेत रहेको रोयटर्सको भिडियोले देखाएको छ। दुवै पक्षले युक्रेनी सेनाहरूले स्टिल कारखाना छोड्ने सम्झौताको कुरा गरे पनि के कस्तो किसिमको सहमति भएको थियो भन्नेबारेका धेरै जानकारीहरू सार्वजनिक भएका छैनन् ।

क्रेमलिनले पुटिनले व्यक्तिगत रूपमा बन्दीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवहार गर्ने ग्यारेन्टी दिएका थिए । युक्रेनी अधिकारीहरूले भने आफ्ना लडाकुलाई रुसी बन्दीहरूको लागि साटासाट गर्न सकिने कुरा गरेका थिए ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले घाइतेहरूको अवस्था स्थिर भएपछि कैदी साटासाट व्यवस्था गर्ने लक्ष्य राखेको बताएकी छन् ।

संयुक्त राष्ट्रका लागि रुसी उप राजदूत दिमित्री पोल्यान्स्कीले भने कुनै सम्झौता नभएको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘मलाई थाहा थिएन अंग्रेजीमा एउटै सन्देश व्यक्त गर्ने यति धेरै तरिकाहरू छन्, अजोभनाजीहरूले बिना सर्त आत्मसमर्पण गरेका छन्।’

तास समाचार एजेन्सीका अनुसार मस्कोले ‘युक्रेनी शासनको अपराध’ भन्ने अनुसन्धानको हिस्साका रूपमा एजोभ्स्टालमा लडिरहेका लडाकुमाथि सोधपुछ नर्गे बताइएको छ ।

हाई प्रोफाइल रुसी सांसदहरूले कैदी साटासाट गर्ने कुराको विरोध गरेका छन् ।

रुसको तल्लो सदन स्टेट ड्यूमाका सभामुख व्याचेस्लाभ भोलोदिनले युक्रेनी लडाकुलाई नाजीको संज्ञा दिँदै साटासाट गर्न नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘नाजी अपराधीहरूलाई साटासाट गर्नु हुँदैन।’

युक्रेनसँगको वार्तामा रुसका वार्ताकारहरू मध्येका एक सांसद लियोनिद स्लुत्स्कीले ती लडाकुहरूलाई मानव रूपका जनावरहरू भन्दै उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने टिप्पणी गरेका छन् ।

सन् २०१४ मा रुस समर्थित पृथकतावादीहरूसँग लड्न चरम दक्षिणपन्थी स्वयंसेवक मिलिशियाको रूपमा गठन भएको आजोभ रेजिमेन्टले फासिस्ट वा नव नाजी भएको कुरा अस्वीकार गर्दै आएको छ ।

युक्रेनले यसलाई सुधार गरी नेशनल गार्डमा एकीकृत गरेको बताएको छ । रुसले आत्मसमर्पणपछि बन्दी बनाएका युक्रेनी लडाकुमाथि कस्तो व्यवहार गर्छ र रुसी बन्दीसँग साटासाट गर्छ या गर्दैन भन्ने विषयले यिनीहरूको भविष्य अस्पष्ट बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने