२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

४ जेष्ठ २०७९, बुधबार ०८:३२

जेठ ४, चितवन | पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका-६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो । 

उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी भइन् । तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।

कालिका नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोम्जनलाई ५३ मतान्तरले पराजित गरे । बोम्जनले ८४३ मत प्राप्त गरे । 

कालिका-२ मा एमालेको प्यानल नै विजयी भयो । वडाध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनप्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए ।

कालिका-३ को अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङ एक हजार ५२ मत ल्याएर विजयी भए । वडामा माओवादीको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत मात्रै प्राप्त गरे । 

कालिका-४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठले ७६५ म ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका कोमलबहादुर श्रेष्ठ ६४० मत प्राप्त गरे । 

कालिका-५ को अध्यक्षमा कांग्रेसका दिपक भट्टराई एक हजार ७६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका रुदल महतोले ९६३ मत मात्रै प्राप्त गरे । 

कालिका-६ को अध्यक्षमा कांग्रेसका टीकाराम रेग्मी १६ सय २० मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण अधिकारीले १६ सय आठ मत ल्याए ।

कालिका-७ को अध्यक्षमा कांग्रेसका कमलराज माेक्तान १२ सय ७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका भोजराम थपलियाले १२ सय ४० मत ल्याए ।

कालिका-८ को अध्यक्षमा माओवादीका चित्रबहादुर मगर १२ सय ५१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका युवराज गुरुङले १२ सय ४६ मत ल्याए ।

कालिका-९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर विजयी भएका छन् । उनले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार वीरबहादुर थापाले ९४८ मत प्राप्त गरे । 

कालिका-१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।

कालिका-११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याए पनि निर्वाचित हुन पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य