Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युक्रेनमा रुसी हमलाः विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

जेठ ५, मस्को | युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए ।

युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए ।

द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । युक्रेन बन्दरगाहबाट कुनै समय ठूलो मात्रामा सूर्यमुखी तेल र मकै र गहुँ जस्ता अनाजहरू निर्यात हुन्थे ।

यसले विश्वव्यापी आपूर्ति घटाएको छ र वैकल्पिक सामाग्रीहरूको मूल्य बढेको छ । राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी खाद्यान्नको मूल्य झण्डै ३० प्रतिशत बढी छ ।

बुधवार न्युयोर्कमा बोल्दै गुटेरेसले द्वन्द्वका कारण लाखौँ मानिसलाई खाद्य असुरक्षामा फसाउने खतरा भएको बताए ।