जेठ ५, लन्डन | एजेन्सी | युरोपेली आयोगले रूसी जीवाश्म ईन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना बनाएको छ । रूसले ईयूको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ । इयूबाट रुसलाई प्रतिवर्ष करिब ४०० अर्ब यूरो पुग्छ ।
अब ईयूले हरित ऊर्जामा तीब्रता दिने योजना बनाएको छ । रुसी उर्जा प्रयोग गरेर युक्रेनको युद्धमा सहयोग गरेको ईयूमाथि आरोप लाग्दै आएको छ । बढ्दो ऊर्जा लागतले उपभोक्ताहरू र युरोपको व्यावसायमा वित्तीय दबाब पनि परेको छ ।
अद्यावधिक गरिएका प्रस्तावहरूले ईयूले तत्कालै ग्यास संकटलाई कसरी समाधान गर्ने भनेर वार्ता गर्ने योजना मात्र बनाएको छैन, सन् २०३० सम्ममा रुसी ऊर्जाबाट पूर्णरूपमा छुटकारा पाउने वाचाहरू पनि गरेको छ ।