2026-08-23 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

जेठ ६, खोटाङ | स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् ।

जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । बिमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा चुनिएकी हुन् । एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै बिमलाले मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएकी छन् । विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी बिमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । 

गठबन्धनकी अरुणादेबीले एमालेका शंखरबहादुर राईभन्दा ३०६ मत बढी पाएर अध्यक्षमा विजयी भएकी हुन् । अरुणादेबीले २८८१ मत पाउँदा शंखरबहादुरले २५७५ मत पाएका छन् । माओबादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् । 

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । कविता माओवादी केन्द्रका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् । गठबन्धनका उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । गोमा कांग्रेसका शलिाराम बञ्जराभन्दा ८५१ मतले पछि परेकी हुन् । बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उपाध्यक्षमा एमालेकी अरुणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिलादेबी गुरुङ र साकेला गाउँपालिकामा माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष चुनिएकी छन् । गठबन्धनका कारण यसपल्ट महिला उपाध्यक्षको संख्या घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो