2026-10-25 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानका हत्यारा रुसी सेना आमने–सामने हुँदा युक्रेनी महिलाले सोधिन यस्तो प्रश्न…

जेठ ६, काठमाडौं | रुसले युक्रेनमा आक्रमण गर्दैगर्दा सुरुवाती दिनमा एक ६२ वर्षका व्यक्ति रुसी सेनाको हातबाट मारिएका थिए।

उनको घर अगाडिको सडकमा हत्या भएको थियो। उनीसँग हतियार थिएन किनभने उनी सर्वसाधारण थिए। रुसी सेनाले विवाद बढेपछि उनीमाथि गोली चलाएको थियो।

अन्ततः ओलेक्सान्डर सेलिपोभा नाम गरेका ती व्यक्तिको मृत्यु भयो। यतिबेला सो घटनामा गोली चलाउने २१ वर्षे रुसी सेना युक्रेनमा पक्राउ परेका छन्।

जेठ ६, काठमाडौं | रुसले 

तीन महिनापछि भिदाम सिसीमारिन नाम गरेका रुसी सेना युक्रेनी सेनाले पक्रन सफल भएको हो।

उनीमाथि सर्वसाधारणको हत्या गरेको र युद्ध अपराध गरेको विषयमा युक्रेनमा अनुसन्धान भइरहेको छ।

हिजो बिहीबार ६० वर्षका ओलेक्सान्डर सेलिपोभाका श्रीमती केटन्र्या र हत्यारा २१ वर्ष रुसी सेना सिसीमारिनको जम्का भेट हुन पुग्यो। अदालतमा उनीहरु आमने–सामने भएको बीबीसीले जनाएको छ।

ती युवाले आफूले हत्या गरेको स्वीकार गर्दै केटन्र्यासँग माफी मागेका थिए। यद्यपी उनले आफूले माफी नपाउनेमा विश्वस्त रहेको पनि बताएका थिए।

सो क्रममा श्रीमानका हत्यारालाई केटन्र्याले केही प्रश्नहरु गरेकी थिइन्। उनले भनेकी थिइन्,‘तिमी रुसीहरु यहाँ किन आएको? हाम्रो रक्षा गर्न आएको हो?’

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बारम्बार युक्रेनलाई दुर्घटनाबाट जोगाउन रुसी सेना त्यहाँ पुगेको दोहोर्याउँदै आएका छन्।

‘हामीलाई कोबाट जोगाउने र बचाउने? तिमीले मेरा श्रीमान जोगाएको हो कि मारेको हो?’ केटन्र्याले यस्तो प्रश्न गरिरहँदा सिसीमारिन निशब्द देखिन्थे।

यद्यपी उनले घटनाबारे उत्तरमा भनेका थिए,‘हाम्रो सानो समूह अन्य सेनाबाट छुटेका थिए। त्यसबेला हामीले सडकमा एउटा कार देख्यौं। त्यसैमा आफ्नो गन्तव्यमा जान खोज्दा ती व्यक्तिले प्रतिवाद गरे। मेरो गोली हान्ने उद्देश्य थिएन तर अन्य अफिसरले दबाब दिएपछि गोली हानेको हुँ।’

यी रुसी युवक त्यस्ता व्यक्ति हुन् जोसँग पहिलोपटक युक्रेनमा युद्ध अपराधको विषयमा अनुसन्धान भइरहेको छ। हाल अभियोजनकर्ताहरुले अनुसन्धानमा उनलाई दोषी मानेका छन् र आजीवन जेल सजाय दिइनुपर्ने बताइरहेका छन्।

रुसले युक्रेनमा आक्रमण गरेयता रुसी सेनाबाट यस्ता किसिमका अनगिन्ती गम्भीर युद्ध अपराध भएका छन्। त्यहाँका विद्यालय तथा अस्पतालमा आक्रमण भएका छन् भने सर्वसाधारणलाई विनाकारण मारेर पुरिएको प्रमाणहरु भेटिएका छन्।

यतिबेला विश्वभर रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नै युद्ध अपराधको मामिलामा मुद्दा चलाइनुपर्ने आवाज उठिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने