Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भरतपुरको मत अपडेट : कसले कति मत ल्याए ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ७, चितवन |</b> भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २७ हजार मत कटाएकी छन्। एमालेका विजय सुवेदीभन्दा&nbsp; रेणुले ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्। शनिबार बिहानसम्ममा ६० हजार ६१२ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले २७ हजार ७८ मत ल्याएकी छन्। उनको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्। </p><p>माओवादी केन्द्रकी रेणुलाई सत्ता गठबन्धनले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत प्राप्त गरेका छन्।&nbsp;</p><p>&nbsp;त्यस्तै उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २९ हजार १ सय ३२ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार १ सय ६६ मत प्राप्त गरेकी छन्।&nbsp;&nbsp;</p>