2026-09-12 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

 जेठ ७, बारा | १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । यस्तै, परवानीपुर गाउँपालिकामा एमालेका  रामक्षत्री प्रसाद कुर्मिले २ हजार ९ सय १७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४ सय ८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । २०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।   यस्तै, कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका राम प्रसाद चौधरीले ९ हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन भने कांग्रसकै राजेश प्रसाद यादवले ५ हजार ३ सय ५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हाल सम्ममा दुई पालिकामा जित हासिल गरेको हो । यस अघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालि सहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाईसकेको छ ।   यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १ सय ७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मतले विजयी हासिल गरेका छन । यसअघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।  यसैगरी, विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३ सय १७ मत र सिम्रौनगढ नगरपालिकामा किसोरी प्रसाद कलवारले ११ हजार १ सय ३७ मत सहित विजयी भएका छन । यस अघि सिम्रौनगढमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७ सय ४३ मतसहित जित हात पारेका छन् । उनको जितसगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।  यस्तै, बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४ सय ८५ प्राप्तगरी विजयी भएका हुन । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रबेशगरी निर्वाचनमा हुमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।      जिल्लाकाे आदर्श कोटवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकाको भने मतगणना भईरहेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस