२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

२०७९, ८ जेष्ठ आईतवार ०२:५६

 जेठ ८, अर्घाखाँची | अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् । 

गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।

भूमिकास्थान मेयरमा एक कार्यकाल पुरा गरी एमालेबाट पुन: मेयरको दौडमा रहेका रेशम थापालाई राष्टिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तव्ध पारिन् ।

पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक