बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु

साझासवाल
1 Min Read

जेठ ८, ढाका | बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् ।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।

भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए ।

‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’,उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।

Share This Article
Leave a Comment

Leave a Reply