दुई वर्षपछि स्वदेश फर्किएका पूर्वराजा कार्लोसको विरोधमा उत्रिए स्पेनवासी

साझासवाल
1 Min Read

जेठ ९, म्याड्रिड | संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार म्याड्रिडमा सयौं प्रदर्शनकारीहरूले प्रदर्शन गरे । ‘न्याय’ र ‘जेलमा बोर्बोन’ लेखिएको प्लेकार्ड समातेर प्रदर्शनकारीहरू स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएका थिए । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन् ।

सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । तर उनको अपारदर्शीताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको धेरै स्पेनीहरुको भनाई छ ।

पूर्वराजा अबु धाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौंलाई भेट्नेछन् । भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला प्यालेसमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ ।

समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्सोसबाट ‘स्पस्टीकरण’ को अपेक्षा गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply