2026-10-25 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

जेठ ९, काबुल | अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ । तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो ।

अफगानिस्तानको टोलोन्युजका टिभी एंकर सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’ 

अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’ 

तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ । जे भए पनि आफू अनुहार छोप्ने आदेशले फसेको नियाजी महसुस गर्छिन् । 

एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिवानको आदेश प्राप्त गरेको पुष्टि गरे । तर, आइतवार यो छलफलको लागि नभएको बताएपछि यसलाई कार्यान्वयन गर्न बाध्य पारिएको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने