"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-08-31 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

जितपछि रेणु दाहालको प्रतिक्रिया- पाँच वर्ष गरेको काम अनुमोदन भयो

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्ष गरेको कामको अनुमोदन भएको बताएकी छिन्।

मंगलबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्- ‘भरतपुरमा देशैभरिको ध्यान थियो। विपक्षीहरुको निशाना पनि थियो। भरतपुरमा गठबन्धनको उम्मेदवारलाई चुनाव हराउने भन्ने खालको निशाना थियो। त्यसलाई परवाह नगरी विगतको कामको सही मूल्यांकन गरेर, ५ वर्षको कामको अनुमोदन गरिदिनुभएको छ। त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु।’

उनले अब आफ्नो अन्तिम कार्यकाल भएकाले यसपटक पाएको अवसरको सदुपयोग गर्ने बताइन्। अवसरलाई एक सेकेन्ड पनि खेर नफालेर जनतालाई निराश हुन नदिने उनको प्रतिबद्धता छ। 

‘पहिलो कार्यकालमा मैले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने कोसिस गरेँ। मेरो बलबुता, क्षमता र तागतले भ्याएसम्मको मैले कोसिस गरेँ। म एउटा परीक्षण पार गरेर आएको छु। दोस्रो कार्यकालमा पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरेअनुसार सकेको कोसिस गर्नेछु। जनउत्तरदायी भएर, जनताको भावना बुझेर, विकासका अधुरा कामलाई पनि ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना सहर बनाउने संकल्प विगतदेखिकै थियो। त्यसलाई पूरा गर्न कटिबद्ध भएर अगाडि बढ्नेछु’, उनले भनिन्।

उनले आफूहरुले ३ देखि ७ हजार मतान्तरले जित्ने आकलन गरेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने