2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टार्टअप एण्ड आइडिया फेस्टकाे शीर्ष पाँचभित्र एसपीएका विधार्थीको दुई प्रोजेक्ट

जेठ १०, काठमाडौं | लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीले बनाएका दुई प्रोजेक्ट शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

आयोजकले फेस्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टमध्येबाट उत्कृष्ट पाँच प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सूचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’  नामक दुई प्रोजेक्ट शीर्ष पाँचभित्र पर्न सफल भएका हुन् । 

उत्कृष्ट पाँचभित्र पर्न सफल प्रोजेक्टले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट प्रोजेक्टबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, उक्त प्रोजेक्टहरू अघि बढाउन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ । 

एसपीएमा बीएचएम चौथो सेमेस्टरमा अध्ययनरत् विधार्थी नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्ट विकास गरेका हुन् । सेन्सरयुक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिस नजिक जाँदा आफै खुल्ने र डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुन्छ । 

‘डस्टबिनमा फोहोर वस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नु पर्दा त्यसमा भएका किटाणु हातमा टाँसिने हुनसक्छ । त्यसबाट रोगव्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विधार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको ढक्कन छुन पर्दैन । मानिस फोहर फाल्न नजिक जाँदा आफै खुल्छ भने डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुन्छ । आफै बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउदैन ।’

सस्तो किताब डटकम बिआइएम छैटौँ सेमेस्टरमा अध्ययनरत ललित अवस्थीलगायत विधार्थीले तयार पारेको प्रोजेक्ट हो । यस प्रोजेक्टबाट विधार्थीले नयाँ तथा पूराना किताब किन्न सक्छन् । आफूसँग भएका पूराना किताब वेबसाइटमार्फत बेच्न समेत सकिन्छ । साइटमा महँगा किताब आधा मूल्यमा पाइन्छ ।

‘कतिपय विधार्थीले पढ्न चाहेका थुप्रै पुस्तक महँगो मूल्यका कारण किन्न सकिरहेका हुँदैनन्,’ ललितले भने, ‘त्यस कुरालाई मध्यनजर गर्दै हामीले यो अवधारणा ल्याएका हौँ । यहाँ विधार्थीले पूराना पुस्तकसँगै नयाँ पुस्तक, क्लास नोट, प्रश्नावलीलगायत शैक्षिक सामाग्री प्राप्त गर्न सक्छन् ।’

एसपीए बिआइएम विभाग प्रमुख उपप्रध्यापक तथा इन्जिनियर भीम पुन, सुपरभाइजर रवीन्द्र राना र सन्देश यादवको नेतृत्वमा विधार्थीले उक्त प्रोजेक्ट विकास गरेका हुन् । ‘एसपीएको एउटा स्लोगन(नारा) छ, हामी विकास गर्दैनाैं, हामी आविष्कार गर्छौ,’ बिआइएम विभाग प्रमुख पुनले भने, ‘त्यही स्लोगन २०–२५ दिनको बीचमा एसपीएका विधार्थीले यि प्रोजेक्टहरुको आविस्कार गरेका हुन् । छोटो समयमै उनीहरूले उनीहरू सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट नवप्रवर्तकमा चुनिनुभएकोमा हामी गौरवाम्वित छौं ।’

विधार्थीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यि प्रोजेक्टका लागि काम गरेको पुनले बताए । मानिसकासमस्याको निराकरणका लागि विधार्थीले उपयोगी उपकरण बनाएकै कारण उत्कृष्टभित्र पर्न सफल भएको उनले बताए ।

फेस्टमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र सुदूरपश्चिम प्रदेशमन्त्री डा. रणबहादुर रावलले विधार्थीलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका थिए ।

‘एसपीएले संख्याभन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिक मात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीले अवसर पाउन सक्दैनन,’ पुनले भने, ‘बिआइएमको स्कोप ब्रोड छ। पढ्दै जागिर गर्न सकिन्छ। सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँ पनि आइटीको आवश्यकता पर्ने भएकाले बिआइएमको अवसर जतासुकै छ।’  

बिआइएम प्लस टूमा विज्ञान पढेका र नपढेका दुबै विधार्थीले अध्ययन गर्न सकिने विषय हो । विज्ञान संकायबाहेकका विधार्थीले सिम्याट गर्दै भर्ना हुनसक्छ । एसपीएको बिआईएममा ३३ जना विधार्थी बीआईएममा भर्ना हुने कोटा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई