2026-09-08 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफलः अमेरिकी राष्ट्रपति बाइडेन

जेठ १०, टोकियो | एजेन्सी | विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन् ।

एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड १९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन् । 

मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए ।  ‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन्’, ती अधिकारीले भने ।

प्रधानमन्त्री मोदीले क्वाड नेताहरूको शिखर सम्मेलनको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका थिए । यसअघि मोदी र बाइडेनबीच भर्चुअल माध्यममार्फत अप्रिलको दोस्रो साता छलफल भएको थियो । 

बाइडेनले दाबी गरे पनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अझै पनि दैनिक १५ सयदेखि दुई हजार जना संक्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ । 

चीनमा केही साता ह्वात्तै बढेको कोभिड सङ्क्रमण फेरि घटेकाे छ ।  पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको हाे। नियन्त्रण बाहिर जान थालेपछि सांघाईमा लामो समय लकडाउन घोषणा गरिएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाई सरकारले  सामूहिक कोरोना परीक्षण गर्नेदेखि यात्रामाथि प्रतिबन्ध लगाएकाे थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल