Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ११, न्युयोर्क | एजेन्सी | अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा  १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए ।

पछिल्लोे हमला  वर्षौंपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ । ’

आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।