कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने क"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

सहकारी डिभिजनको मनपरी, धमाधम रकम असुल्ने पत्र काट्दै

१८ भाद्र २०७३, शनिबार १२:४२

कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने काम खुल्नमा आएको छ । डिभिजन कार्यालयले सहकारीलाई कारवाही गर्ने बाहानामा रकम असुली गर्ने गरेको हालै एक सहकारीलाई रकम तोकेर कारबाही चिठी पठाएपछि डिभिजन कार्यालयको कालो कर्तुत खुल्न आएको हो । 

कास्कीमा भएका सम्पूर्ण सहकारीलाई हेर्ने जिम्मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको हुन्छ । प्रत्येक सहकारीले आफ्नो कारोबारको मासिक प्रतिवेदन रिपोर्ट प्रत्येक महिनाको सात गते भित्र बुझाउनुपर्ने हुन्छ । सो रिपोर्ट नबुझाएको खण्डमा महिनाको ५ सय रुपैया जरिवाना लाग्ने गर्दछ । तर डिभिजनले लेखनाथको रिठेपानी बचत तथा ऋण सहकारी संस्थालाई पत्र संख्या २०७३/७४ चलानी नम्बर ४४७ मा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नाममा जरिवाना गरिएको सम्बन्धमा पत्र काटिएको भेटिएको छ । 

रिठेपानी सहकारीले आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाइसकेर डिभिजन कार्यालय कास्कीले २०७३ भदौ ५ गते दर्ता नम्बर ५४३ मा दर्ता गरिएको प्रतिवेदनमा डिभिजन कार्यालयका प्रमुख बद्री अधिकारीले तोक लगाएको भएतापनि भदौ १० गते सहकारीको नाममा कारबाही गर्ने पत्र पठाएपछि डिभिजन कार्यालयको कर्तुत प्रस्ट भएको छ । 

सहकारी ऐन २०६८ को दफा ५७(२) मा बार्षिक एक करोड भन्दा वढी कारोवार गर्ने सहकारीले प्रत्येक महिनाको ७ गते भित्र आफ्नो मासिक प्रगति विवरण बुझाउनुपर्ने हुन्छ । यसको हकमा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाले भदौको ५ गते नै आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाई डिभिजन कार्यालयले पास गरेको देखिन्छ । यो घटनाबाट थाहा हुन आउछकी रिठेपानीमात्र नभइ अन्य सहकारीलाई पनि यसरी कारबाहीको नाममा पैसा असुल्ने काम भएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ