पढ्न करिब 2 मिनेट लाग्छ

कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने काम खुल्नमा आएको छ । डिभिजन कार्यालयले सहकारीलाई कारवाही गर्ने बाहानामा रकम असुली गर्ने गरेको हालै एक सहकारीलाई रकम तोकेर कारबाही चिठी पठाएपछि डिभिजन कार्यालयको कालो कर्तुत खुल्न आएको हो ।

कास्कीमा भएका सम्पूर्ण सहकारीलाई हेर्ने जिम्मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको हुन्छ । प्रत्येक सहकारीले आफ्नो कारोबारको मासिक प्रतिवेदन रिपोर्ट प्रत्येक महिनाको सात गते भित्र बुझाउनुपर्ने हुन्छ । सो रिपोर्ट नबुझाएको खण्डमा महिनाको ५ सय रुपैया जरिवाना लाग्ने गर्दछ । तर डिभिजनले लेखनाथको रिठेपानी बचत तथा ऋण सहकारी संस्थालाई पत्र संख्या २०७३/७४ चलानी नम्बर ४४७ मा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नाममा जरिवाना गरिएको सम्बन्धमा पत्र काटिएको भेटिएको छ ।

रिठेपानी सहकारीले आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाइसकेर डिभिजन कार्यालय कास्कीले २०७३ भदौ ५ गते दर्ता नम्बर ५४३ मा दर्ता गरिएको प्रतिवेदनमा डिभिजन कार्यालयका प्रमुख बद्री अधिकारीले तोक लगाएको भएतापनि भदौ १० गते सहकारीको नाममा कारबाही गर्ने पत्र पठाएपछि डिभिजन कार्यालयको कर्तुत प्रस्ट भएको छ ।

सहकारी ऐन २०६८ को दफा ५७(२) मा बार्षिक एक करोड भन्दा वढी कारोवार गर्ने सहकारीले प्रत्येक महिनाको ७ गते भित्र आफ्नो मासिक प्रगति विवरण बुझाउनुपर्ने हुन्छ । यसको हकमा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाले भदौको ५ गते नै आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाई डिभिजन कार्यालयले पास गरेको देखिन्छ । यो घटनाबाट थाहा हुन आउछकी रिठेपानीमात्र नभइ अन्य सहकारीलाई पनि यसरी कारबाहीको नाममा पैसा असुल्ने काम भएको देखिन्छ ।