2026-10-25 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन

जेठ १२, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकार ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गर्न बाध्य भएको छ । अदालत, संसद भवन, राष्ट्रपति भवनलगायतका महत्वपूर्ण क्षेत्रमा सरकारले सेना परिचालन गरेकाे हाे । सरकारी सुरक्षा फौजको अवरोधबीच खानले नेतृत्व गरेको जुलुस बिहीबार बिहानै राजधानी इस्लामाबाद प्रवेश गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।  

‘राजधानी इस्लामाबाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै  सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ ’, पाकिस्तानको गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ । 

देशमा बढ्दो तनावबीचमा इमरान खानले नेतृत्व गरेको जुलुस राजधानी प्रवेश गरेपछि पाकिस्तान सरकारले ‘महत्वपूर्ण सरकारी भवनहरूको सुरक्षा’ गर्न रेड जोनमा सेना तैनाथ गरेको हो । पाकिस्तानको सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायत महत्वपूर्ण सरकारी भवनको सुरक्षाका लागि उक्त निर्णय गरिएको सरकारी आदेशमा उल्लेख छ ।

यसअघि पूर्वप्रधानमन्त्री खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनलाई लक्षित गरी सरकारले बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकमा अवरोध तेर्साएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने