२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

सिम्रौनगढमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार

१२ जेष्ठ २०७९, बिहीबार १३:२५

जेठ १२, बारा | बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् । 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र  वितरण तथा शपथग्रहण  कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख  साहबाट शपथ नलिने अडान लिएका थिए । 

प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरूले नगरप्रमुखबाट नै शपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको जानकारी  गराउँदा पनि उनीहरूले शपथ लिन इन्कार गरेका थिए । 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्रै राखेर शपथ गराएका थियो । 

शपथ ग्रहण नगर्ने जनप्रतिनिधिहरूले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई लिखित जानकारी गराएका थिए ।  

शपथग्रहणपछि नगर प्रमुख साहले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख साहले किसानलाई वितरण गरिएको कृषि मिटरको रकम  नगरपालिकाले चुक्ता गर्ने र नगरभित्रका ३२ वटा सामुदायिक  विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न निर्णय गरेका छन् । 

११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा ८, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ । 

यसैबीच हिजो शपथग्रहण बहिष्कार गरेका कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिका कार्यालयमा पुनः शपथग्रहणको माग गर्दै आज धर्ना दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली