2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल एपबाटै यसरी भगाउनुहोस् आफ्नो वरपरका लामखुट्टे

जेठ १३, काठमाडौँ | गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ ।

तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भएको प्रविधि भनेको अल्ट्रा साउण्ड नै हो । यस्तो आवाज मानिसहले सुन्न सक्दैनन्, तर लामखुट्टेसहित किराहरुले सुन्छन् ।

लामखुट्टेलाई यसको आवाज मन पर्दैन, जसरी मानिसलाई लामखुट्टेको आवाज मनपर्दैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता खालका धेरै एप छन् । जसले लामखुट्टे भगाउन सहयोग गर्छन् ।

यस्ता एप अफलाइन चलाउन मिल्छ र आवाजको माध्यमबाट लामखुट्टे धपाउन सकिन्छ । आईओएस डिभाइसमा पनि एन्टी मस्क्युटो सोनिक रिपेलरसहितका एपहरु छन् ।

छोटाे समयको लागि लामखुट्टे धपाउन यस्तो एप उपयोगी हुनसक्छ । तर, लामो समयसम्म धपाउनको लागि भने चार्जरसँगै राख्नुपर्ने हुन्छ । यी एपले निकाल्ने आवाजले मानिसलाई धेरै डिस्डर्ब गर्दैनन् । तर लामखुट्टेलाई यस्तो आवाज मन नपर्ने भएकाले वरपर आउँदैन ।

प्रयोगकर्ताले एन्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा मस्क्युटो रिपेलर (mosquito repeller) टाइप गर्दा यस्ता एपहरुको सूची देख्न पाइन्छ । तीमध्ये धेरै प्रयोगकर्ताले प्रयोग गरेका र राम्रो रेटिङ भएका एप डाउनलोड गर्दा पछुताउनु पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई