Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारी जग्गा बैना गरी ठगी गर्नेहरु पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १३, काठमाडौँ । भक्तपुरको सुडाल स्थित अर्कैको नाममा रहेको जग्गा तथा सरकारी जग्गा समेत बिक्रि गरि ठगि गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण ७ बस्ने ७२ बर्षीय बृद्ध केशव प्रसाद अधिकारी र भक्तपुर ८ बस्ने ईश्‍वर गाईजु रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार अधिकारी र गाइजू बिरुद्ध भक्तपुरस्थित सुडालमा रहेको बिभिन्न कित्ता नम्बरका अर्कैको नाममा रहेका जग्गाहरु सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याएर साथै कि.नं. ३९९ क्षेत्रफल (०-४-०-० ) को सरकारी जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५ लाख २० हजार लिई ठगी गरेको उजुरी परेको थियो ।

ठगिको उजुरी परेपछि उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति शुक्रबार दिउसो १ बजे  भक्तपुर १० मालपोत गेटबाट पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको जनाएको छ ।

नाम :- केशव प्रसाद अधिकारी ।

उमेर :-  ७२ बर्ष ।

स्थायी वतन :- जिल्ला भक्तपुर साविक बागेश्‍वरी गा.वि.स  वडा नं. ५

हाल चाँगुनारायण न.पा वडा नं. ७ बस्ने ।

नाम :- ईश्‍वर गाईजु ।

उमेर :-  ५८ बर्ष ।

स्थायी वतन :- जिल्ला भक्तपुर  साविक भक्तपुर न.पा वडा नं.२

हाल भक्तपुर न.पा वडा नं.८ बस्ने ।