२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

२०७९, १४ जेष्ठ शनिबार ०८:५९

जेठ १४, नयाँ दिल्ली | तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् । 

तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जाेडी मिलाउने काम गरिरहेको छ ।

अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ  र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ ।

डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक  डेटिङ साइटबारे विवाद बढेको हो । यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ ।  

वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ । केही हदसम्म  भारतमा यो लोकप्रिय भएको देखिन्छ । 

जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको  भनाइ छ ।

यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन्जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु