५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

१५ जेष्ठ २०७९, आईतवार ०५:०३

जेठ १५, टोकियो | एजेन्सी | दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो ।  सन् २०२० मा सम्पन्न  टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो । 

विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो  र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पु-याएको छ । 

मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र क्षेत्रलाई रातो, पहेलो र निलो गरी तीनओटा जोखिम समूहमा विभाजन गरिएको छ । विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्यांकन गरेर ती देशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्धारण गरिनेछ । 

पयर्टन जापानको अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो ।  सन् २०२० मा पर्यटक आगमन  ९०% भन्दा बढी घटेको थियो ।  तर, विदेशी पर्यटकहरुका लागि सिमाना खुला गरेसँगै पयर्टन व्यवसायी उत्साहित भएका छन् ।

‘लगभग दुई वर्षदेखि जापानको सीमा बन्द भए पनि हामी जापान भ्रमणमा धेरैले रुची जनाएकाे देखिरहेका छौं । सीमा पूर्ण रूपमा खुला हुने बित्तिकै बुकिङमा भिड हुनेछ’, इन्टरपिड ट्राभलकी प्रबन्ध निर्देशक जिना बेन्चेखले भनिन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता