७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको आदेश

१६ जेष्ठ २०७९, सोमबार ०४:१६

जेठ १६, वर्लिन | एजेन्सी | दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।

दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।  यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ ।  बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।

पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहो-याइनेछ ।

तर, अधिकारबादीहरूले सरकारको आदेशको विरोध गरेका छन् । क्षेत्रीय पशु संरक्षण संघका प्रमुखले उक्त आदेशलाई चुनौती दिन कानुनी कदम चाल्ने योजना बनाएका छन् । 

‘यो अन्यायपूर्ण कदम रोक्न हामीले सक्दो प्रयास गर्नेछौं’,उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?