२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

२०७९, १८ जेष्ठ बुधबार ०२:२४

जेठ १८, किभ | रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । 

‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ । 

२४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो सम्पूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रमा रुसी फौज बढिरहेको छ । 

युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि अबद्ध भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन् । तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै