2026-09-08 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’

जेठ १८, न्युयोर्क | एजेन्सी | अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनीे  अमेरिकाकाे एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुरामा रुची घटेको थियो, जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल घटेको थियो । 

नाम सार्वजनिक नगरिएकी ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया कक्षमा लगेका थिए । शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो फेला परेको थियो । कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को  चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो । ३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् । 

मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो । 

उनमा वाकवाक हुने, बान्ता आउने, पेट फुल्ने र तौल घट्ने जस्ता लक्षण देखिएका थिए । शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् । 

युवतीलाई कुपोषणको उपचारसमेत गरिएको थियो । चिकित्सकले उनलाई अण्डा र कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना र दैनिक खानेकुरामा आइरन खान सुझाव दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल