२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०७९, १८ जेष्ठ बुधबार ०६:५३

जेठ १८, काठमाडौँ | काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पा रेहकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका–१२ रुपनगर चोकमा प्र.२–०३–००१ख ८२५ नम्बरको बसको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री हाल नाम, थर, वतन खुलेको छैन । 

धनकुटाको धनकुटा नगरपालिका–६ स्थित सडकमा मे.६ प १७५६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका–१० घर भएका २४ वर्षीय पुरन राई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित धारापानी भन्ने स्थानमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन । 

रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् । 

ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना अन्दाजी ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन । 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर