2026-10-25 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च

जेठ १८, नयाँ दिल्ली | एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा  मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणमा सहभागी ६४ हजार मानिसमध्ये ६७ प्रतिशले मोदीले कठिन समयमा आफ्ना बाचा पूरा गरेको बताए । कोभिडका कारण अस्पताल र शवगृह अस्तव्यस्त हुँदा मोदीले आफ्ना बाचा पूरा गरेको ती सहभागीले बताए ।

मोदीको एप्रोभल रेटिङ सन् २०२१ मा ५१ प्रतिशत र २०२० मा ६२ प्रतिशत थियो । सोही समयमा भारत महामारीसँग लडिरहेको थियो । 

के भारत सरकार कोभिड–१९ संक्रमणको तेस्रो लहरलाई ह्यान्डल गर्न राम्रोसँग तयार थियो ? भन्ने प्रश्नको जबाफमा अधिकांश सहभागीले सकारात्मक जवाफ दिएका थिए ।

३७ प्रतिशतले बेरोजगारी व्यवस्थापनमा सरकारमाथि विश्वास बढेको बताए भने ७३ प्रतिशतले भारतमा आफ्नो र आफ्नो परिवारको भविष्यप्रति आशावादी रहेको बताए ।

त्यस्तै, ५० प्रतिशतले भारतमा व्यवसाय गर्न सहज भएको बताएका थिए भने ६० प्रतिशतले साम्प्रदायिक सद्भाव सुधार गर्न सरकार प्रभावकारी भएको उल्लेख गरे । 

यो मूल्यांकन मोदी सरकारको लागि सुखद सावित हुनेछ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमार्फत मोदी नेतृत्वको भाजपा पुनः शक्तिमा आउने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने