2026-09-08 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व प्रेमिकालाई अपहरण गरी अनुहारमा आफ्नो नामको ट्याटु बनाइदिएपछि…..

जेठ १८, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए ।

१८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्, तर तयानेले निकै खुसीका साथ यसो गर्न दिएको भन्न भ्याए ।

भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन् र उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।

अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको थियो । उनका बुवाले तयाने प्रेमीको पूरा नामको ट्याटु गालामा बनाउन पाउँदा निकै खुसी भएको दाबी गर्दासमेत उनलाई पक्राउ गरिएको हो ।

‘मलाई उसँग डर लाग्छ,’ तयानेले टिभी ब्यान्ड भ्यालेसँग भनिन् । ‘आजकालका कानुन, सबैलाई थाहा छ कि ऊ धेरै समयसम्म जेलमा बस्ने छैनन्, यो पूरा घटनासँगै मलाई उसँग असाध्यै डर लागेको छ ।’

तयानेका वकिलले उनीमाथिको भयानक घटना अनलाइनमार्फत् साझा गरेका छन् । यससँगै धेरै ब्राजिलियन इन्फ्लुएन्सर र ट्याटु हटाउने पसलहरुले उनलाई मद्दत गर्न अग्रसर भए । १८ वर्षीया किशोरीले बुधबार अनुहारबाट ट्याटु हटाउने पहिलो लेजर सेसन गरिन् । उनले गेब्रियलको नामको अन्य दुईवटा ट्याटु पनि हटाउने योजना बनाएकी छिन् ।

यी दुईले सन् २०१९ देखि डेटिङ सुरु गरेका थिए । सुरुमा सबैकुरा राम्रो र सामान्य नै थियो । तर करिब एक वर्षपछि ट्याटु आर्टिस्ट गेब्रियल असाध्यै शंकालु हुन थाले र उनीमाथि कुटपिट गर्न थाले । त्यति नै बेला उनकी आमाले ती प्रेमीलाई छोडिदिन भनेकी थिइन् । त्यसपछि यी दुईको ब्रेकअप भयो र त्यसको करिब ८ महिनापछि कुटपिट नगर्ने बचन दिएपछि यी दुई पुनः सम्बन्धमा रहे । तर उनले आफ्नो बाचा तोडे ।

तयानेका अभिभावकले छोरीलाई केही महिनाका लागि साओ पाउलो पनि पठाए तर उनी घर फर्कने बित्तिकै उनलाई पुनः धम्की दिन सुरु गरिहाले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल