नरी बडु/भदौ १९, बैतडी । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक्रमण गरी वेपत्ता वनाएकि बालिकाको सव भेटिएको छ ।
तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–२ का हीरा चन्दकी ४ वर्षिय छोरी अञ्जली चन्दलाई शानिबार साँझ ७ बजे चितुवाले आक्रमण गरी जंगलतर्फ लगेको थियो ।
अञ्जलीको सव आईतबार बिहान करीब ११ बजेतिर उदउदेव गाविस ६ मा पर्ने रल्याल खोलामा टाउको र सरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।
यस अघि भदो ४ गते पनि चितुवाको आक्रमणबाट सोही गाविसकी ७ वर्षिय वालिका चन्चला चन्दको मृत्यू भएको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले तिन वर्षको अवधिमा २२ जनाको ज्यान लिसकेको छ ।