५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्याे : रुस

१९ जेष्ठ २०७९, बिहीबार ०६:५२

जेठ १९, काठमाडौँ | एजेन्सी | पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।


नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अत्याधुनिक हतियार उपलब्ध गराउने पुष्टि गरेपछि रुसको पछिल्लो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ। क्रमेलिनका प्रवक्ता दिमित्री पेश्कोभले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको वाचालाई अस्वीकार गर्नुभएको छ ।

यसैबीच पूर्वी युक्रेनको रणनीतिक सहर सेभेरोडोनेट्स्कका क्षेत्रीय गभर्नरले अब सहरको झन्डै २० प्रतिशत भू–भाग मात्र आफ्नो पकडमा रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता