२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा तत्काल निर्वाचन घोषणा नगरे देश टुक्रा-टुक्रामा विभाजित हुन्छः इमरान खान

२०७९, २० जेष्ठ शुक्रबार ०९:५६

जेठ २०, इस्लामाबाद | एजेन्सी | संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका  इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् ।

स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले भने, ‘उनीहरूले हामीलाई कानुनी र संवैधानिक माध्यमबाट चुनावमा जान अनुमति दिन्छन् कि भन्ने बारेमा हामीले हेर्दै जान्छौँ । नत्र भने देश गृहयुद्धतर्फ जानेछ । ’


पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानले नेसनल एसेम्ब्लीमा फर्किन कुनै अर्थ नभएको बताए । आफ्नो सरकारलाई हटाउने नेसनल एसम्ब्लीमा फर्किनुको अर्थ ‘षड्यन्त्रलाई स्वीकार गर्नु’ भएको उनले बताए ।

विदेशमा रहेका भारतीय थिंक ट्यांकहरूले बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट तोड्ने षड्यन्त्र गरिरहेको उनले दाबी गरे । 

‘विदेशमा रहेका भारतीय थिंक ट्यांकहरू बलुचिस्तानलाई अलग गर्ने सोचमा छन् । उनीहरूसँग योजना छ, त्यसैले म दबाब दिइरहेको छु’, उनले भने । तर, खानले कसलाई दबाब दिइरहेका छन् भन्ने बारेमा केही बताएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै