१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

२० जेष्ठ २०७९, शुक्रबार ११:४३

जेठ २०, भक्तपुर | राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो । 

कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गासहित बैना बापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् । 

पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिएपछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरूले राप्रपाविरुद्ध षडयन्त्र गर्दै सुनियोजित रूपमा फसाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक