२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायुमन्डलमा कार्बन डाइअक्साइडको मात्रामा रेकर्ड बृद्धि

२०७९, २२ जेष्ठ आईतवार ०३:०५

जेठ २२, न्युयोर्क | एजेन्सी | पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ । नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए)) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ ।

अमेरिकाको हवाईको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बन डाइअक्साइड मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।

संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बन डाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको छ । सन् २०२१ मा कुल ३६ दशमलब ३ अर्ब टन उत्सर्जन भएको थियो , जुन मानव इतिहासमै उच्चतम स्तर हो । 

‘विज्ञान अकाट्य छ । मानिसहरूले हाम्रो अर्थतन्त्र र पूर्वाधारले अनुकूलन गर्नुपर्ने तरिकामा हाम्रो जलवायु परिवर्तन गरिरहेका छन्’, एओएएका प्रशासक रिक स्पिनराडले भने । 

उनले अगाडि थपे, ‘हामी हरेक दिन हाम्रो वरपर जलवायु परिवर्तनको प्रभावहरू देख्न सक्छौं। मौना लोमा मापन गरिएको कार्बन डाइअक्साइडको निरन्तरको बृद्धिले हामीले अझ बढी जलवायु तयार राष्ट्र बन्नको लागि तत्काल, गम्भीर कदम चाल्नु आवश्यक छ  । ’  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन