2026-06-19 07:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको हत्याको हल्ला फैलिएपछि…

जेठ २२,  इस्लामाबाद | एजेन्सी | पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको छ । इस्लामाबादमा धारा १४४ पहिले नै लगाइएको छ र सार्वजनिक सभाहरूमा प्रतिबन्ध लगाइएको छ।


इस्लामाबादमा रहेको इमरान खानको आलिशान घर गालामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बानीगालामा विशेष सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तर, यहाँ को–को छन् भन्नेबारेमा प्रहरीले जानकारी दिएको छैन । जिल्ला अधिकारीको आदेश अनुसार उक्त क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

इस्लामाबाद प्रहरीले इमरान खानलाई पूर्ण सुरक्षा दिने र उनको टोलीबाट पनि सहयोगको अपेक्षा गरेको बताएको छ । अर्कोतर्फ इमरान खानका भतिजा हसन नियाजीले पूर्वप्रधानमन्त्रीलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिने बताएका छन् ।

इमरान सरकारमा मन्त्री रहेका फवाद चौधरीले खान आइतवार इस्लामाबाद आउँदै गरेको बताएका थिए । चौधरीले अप्रिलमा पनि देशको सुरक्षा निकायले इमरान खानको हत्याको षड्यन्त्र भएको बताएका थिए । पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल वावडाले पनि यस्तै दाबी गरे कि “देश बेच्न“ अस्वीकार गरेकोमा पाकिस्तानी प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्र रचिएको थियो।

केही दिनअघि इमरान खानले उनको हत्याको सम्भावना व्यक्त गरेका थिए । खानले भनेका थिए– ‘मेरो ज्यान खतरामा छ । मलाई मार्न चाहने पाकिस्तान भित्र र बाहिर केही मानिस छन् । म ती सबै मानिसहरूलाई चिन्छु। मैले भिडियो रेकर्ड गरी सुरक्षित ठाउँमा राखेको छु। यदि म मारिए भने यो भिडियोले यी सबैको नाम सार्वजनिक गर्नेछ।’

इमरान खानले विगतमा धेरै पटक आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । सत्ताबाट हट्नुअघि उनले आफ्नो ज्यान खतरामा रहेको बलियो प्रमाण रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ