2026-09-08 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीले दियो बधाई

जेठ २३, न्युयोर्क | एजेन्सी | अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । 

महामारीका कारण फ्रान्सेस्का बोर्डियरले  कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् । 

‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन । जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन  । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन् ।

स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं ।’

सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ । धेरैले लाईक र टिप्पणी गरेका छन् । दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ । ’

‘यो सबैभन्दा प्यारो र सबैभन्दा मौलिक चीज हो जुन मैले देखेको छु! बधाई छ दुबै जनालाई !!’ अर्काले टिप्पणी गरेका छन् । 

बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन् । आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ