2026-09-08 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा खाद्यान्नको मूल्यले आकाश छोयो, चामल ५ सय रुपैयाँ किलोमा बिक्री हुने !

जेठ २३, काठमाडौं | आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छुन थालेको छ । पछिल्लो जानकारी अनुसार श्रीलंकामा एक किलो चामलको मूल्य ५ सय रुपैयाँ पुग्न सक्छ ।

अनुराधापुरा जिल्लाका साना तथा मझौला मिल सञ्चालकहरु एक किलो चामलको मूल्य प्रतिकिलो ५ सय रुपैयाँसम्म बढ्न सक्ने बताउँछन् । अहिले एक किलो वडापाथु जातको चामलको मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको उनले बताए ।

श्रीलंकामा महंगी यस वर्ष जनवरीदेखि अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताइन्छ, त्यसैले वस्तुको मूल्य बढिरहेको छ । पहिले सर्वसाधारणले किन्न सक्ने गहुँ, चामल जस्ता खाद्यवस्तु अहिले किन्न गाह्रो परेको छ ।

गहुँको भाउ पनि उच्च स्तरमा पुगेका कारण अधिकांश पसलले गहुँ अर्डर गर्न र बेच्न छाडेका छन् । चामलको तुलनामा गहुँको भाउ निरन्तर उकालो लागेकाले आफ्ना पसलहरु बन्द हुने अवस्थामा पुगेकाले गहुँ अर्डर गर्न र बिक्री वितरण गर्न बन्द गरेको पसल व्यवसायी बताउँछन् ।

भारतीय उच्चायोगका अनुसार श्रीलंकामा चलिरहेको आर्थिक संकटका बीचमा पनि चिकित्सा सामग्रीको अभाव छ, जसलाई पूरा गर्न भारतले आइतबार श्रीलंकाको एक अस्पतालमा अत्यावश्यक औषधिको खेप हस्तान्तरण गरेको छ । यसअघि भारतले जाफनाका माछा मार्नेलाई जीविकोपार्जनका लागि डिजेल उपलब्ध गराएको थियो ।

विदेशी मुद्रा सञ्चितिको चर्को अभावले इन्धन, खाना पकाउने ग्यास र अन्य अत्यावश्यक वस्तुका लागि लामो लाइन लाग्ने गरेको छ भने विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले जनतालाई त्रसित बनाएको छ ।

तथ्यांक अनुसार श्रीलंकामा हाल ५१ अर्ब डलर ऋणको बोझ छ । श्रीलंकामा चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । यसबाहेक भारत र जापानजस्ता देशका अलावा श्रीलंकामा पनि आईएमएफ जस्ता संस्थाबाट ऋण प्रवाह भइरहेको छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२१ को अप्रिलसम्म श्रीलंकाको कुल ३५ अर्ब डलर विदेशी ऋण थियो, जुन अहिले ५१ अर्ब डलर पुगेको छ । आर्थिक मन्दीले घेरिएको यो सानो देश यो ठुलो विदेशी ऋणको ब्याज र किस्ता तिर्न पनि भार छ, जसले अवस्था झन् बिग्रँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ