२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अघिल्लो कार्यकालमा भएका अनियमिता छानबिन गर्न समिति गठन

२४ जेष्ठ २०७९, मंगलवार ०२:०३

जेठ २४, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि )छनविन गर्न छानविन समिति गठन गरेको छ । 

नगर कार्यपालिकाको बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरी परेको सन्दर्भमा छानविन गरी यथार्थ सार्वजनिक गर्ने प्रयोजनका लागि उपमेयर विसन राईको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इन्जिनियर), युवराज श्रेष्ठ (चाटर्ड एकाउण्टेण्ट), कृष्ण बुढाथोकी र सदस्य सचिवमा तीर्थबहादुर बिकलाई राखिएको नगरपालिकाले जनाएको छ । 

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेबी राई उपमेयरमा निर्वाचित भएका थिए । 

बैठकले नगर कार्यपालिका ९कार्यसम्पादन० नियमावली, २०७४ बमोजिमको ९ वटा विषयगत समितिको संयोजक तोकेको छ । शहरी तथा पुर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समितिका संयोजक दानबहादुर राई, वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समितिका संयोजकमा रामकुमार हिङमाङ, योजना, अनुगमन तथा तथ्यांक समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन समिति संयोजकमा हरि चौंलागाई र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र बिक चयन भएका छन् । समितिका अन्य सदस्यहरु तोक्ने अधिकार मेयर र उपमेयरलाई प्रत्यायोजन गरिएको छ । 

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्वन्धी कायर्यविधि, २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्न उपमेयर राईको संयोजकत्वमा अञ्जना केसी र गंगा बिक सदस्य रहेको नगर स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन हुने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगर प्रमुख र नगर उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ । 

नगरपालिकाको शिक्षा क्षेत्रको सुधारका लागि सम्वन्धित क्षेत्रका विषयविज्ञ सहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बालबिकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था गर्ने लगायतका १२ बुँदे निर्णय गरिएको मेयर तीर्थराज भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे