१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशको यी १३ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

२४ जेष्ठ २०७९, मंगलवार ०८:३६

जेठ २४, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ।

निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो। 


आइस्पानका अनुसार इलाम, बिराटनगर, खोटाङ, गाईघाट, इनारुवा, घरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, बिराटचोक र रगेलि गरी तेह्र स्थानमा जुनसुकै बेला इन्टरनेट काटिने सम्भावना छ।

विज्ञप्तिमा भनिएको छ, ‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहकहरू र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदछौं।’

यसबाहेक इन्टरनेट सेवा प्रदायकहरू पाेल भाडा तिर्न तयार रहेकाे पनि आइस्पानले उल्लेख बताएको छ। 

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढंगले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डेटा सेन्टर, पिओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको भन्दै आइस्पानले त्यस्ता ठाउँहरूमा इन्टरनेट सेवा बन्दा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक