२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले २४ हजार वर्षदेखि हिउँमा पुरिएको ‘जीव’ लाई फेरि जिवित पारे, बच्चासमेत जन्मायो

२०७९, २४ जेष्ठ मंगलवार ११:१३

जेठ २४, काठमाडौँ | कहानी धेरैजसो पुराना नै हुन्छन् । तपाईंलाई अघिल्लो वर्ष भएको एक अनुसन्धानको निकै चकित पारिदिने कहानीबारे जानकारी दिँदै छौा । उक्त अनुसन्धानको उद्देश्य थियो प्राचिन जीवलाई फेरि जिवित पारेर त्यसका शारीरिक प्रक्रियाको अनुसन्धान गर्ने । वैज्ञानिकले २४ हजार वर्षदेखि साइबेरियाको पर्माफ्रस्टमा दबेको एउटा जीवलाई फेरि जिवित पारेका छन् । अर्थात् जुन जीत २४ हजार वर्ष अघि बरफमा गाडिएको थियो, अब त्यो जीवित छ । यो असम्भव कार्य थियो ।

जुन जीवलाई वैज्ञानिकले जीवित पारेको छ, त्यो एक प्राचिन डेलोयड रेटिफर्स हो । यो कुनै पनि विपरित र मुश्किल मौसममा जीवित हुने शक्ति राख्छ । जस्तै, खडेरी, असाध्यै चिसो, भोक, यहाँसम्म कि कम अक्सिजनमा पनि यो जीवित रहन सक्छ । तर शरीरमार्फत् कुनै पनि गतिविधि भने गर्न सक्दैन, एउटै ठाउँमा मात्रै बसिरहन्छ । जस्तै कोमामा भएका एक व्यक्ति । तर त्यो जीवलाई फेरि क्रियाशील पार्न भने मुश्किल छ ।

Micro-animal frozen in Siberia's permafrost for 24,000 years comes back to  life- Technology News, Firstpost

साइबेरियामा ११.५ फिट मुनिबाट लिइयो स्याम्पल

डेलोयड रोटिफर्स असाध्यै सूक्ष्मजीव हो । यसलाई जीवन दिने प्रयासको कहानी एक वैज्ञानिक रिपोर्टको रुपमा करेन्ट बायोलोजीमाप्रकाशित गरिएको थियो । वैज्ञानिकले साइबेरियाको पर्माफ्रस्टबाट ११.५ फिट बरफ मुनीबाट स्याम्पल लिए । स्याम्पललाई बिस्तारै तातो बनाइयो । त्यसपछि त्यसमा भएका सूक्ष्मजीपलाई जीवित बनाउनका लागि माहौल तयार पारियो ।

पाचन प्रक्रियालाई रोकिदिन्छन् यस्ता जीव

रुसको पुशिनोस्थित इन्स्टिच्युट अफ फिजियोकेमिलक एन्ड बायोलोजिकल प्रब्लम्समा सोयल क्रायोलोजीका वैज्ञानिक स्टास मालाविनले भने, ‘हाम्रो प्रयोगले सूक्ष्मजीव हज्जारौँ वर्षसम्म जीवित हुनसक्छ भन्ने कुरा स्पष्ट पारेको छ । वा उनीहरुले आफूलाई यस्तो स्थितिमा ढाल्ने गर्छन् जसमा पुनर्जीवन पाउन सकियोस् । यसलाई क्रिप्टोबायोसिस भनिन्छ । अर्थात्, जीवले आफ्नो मेटाबोलिजमलाई लामो समयका लागि रोक्ने गर्छन् ।’

जिवाश्मलाई प्रदुषण मुक्त राख्न आवश्यक

स्टास मालाविनको समूह जिवाश्मको रुपमा परिणत भइसकेको वा रहिरहेका जीवको अनुसन्धानको मामिलामा एक्सपर्ट छन् । उनीहरुको टिमले एउटै कुरालाई ध्यानमा राख्ने गर्छन्, त्यो हो स्याम्पल लिइएको जिवाश्म धेरै प्रदुषित नहोस्, त्यसमा आधुनिक लेयर नभेटियोस् । किनभने जब फ्रिजिङको प्रक्रिया सुरु हुन्छ तब यी सूक्ष्मजीव यी लेयर्समा मिल्ने गर्छन् । सूक्ष्मजीवका अङ्ग यिनीहरुमा समाहित हुने गर्छन्, जसका कारण यिनीहरु जीवित हुने वा पुनर्जीवित पार्ने सम्भावना निकै कम हुने गर्छ ।

These Tiny Creatures Were Revived After 24,000 Years Frozen in The Siberian  Permafrost

आफूलाई कोमामा राख्छन् यस्ता जीवः

स्टासका अनुसार थुप्रै अङ्ग भएका स्तनधारी जीव वा पंक्षीलाई बरफबाट जिउँदो निकाल्न मुश्किल हुन्छ । फेरि दबिएका स्तनधारीलाई पुनर्जीवित गर्न अत्यधिक मुश्किल । किनभने यिनीहरुका थुप्रै अङ्ग जमिसकेका हुन्छन्, खराब भइसकेका हुन्छन् । यिनीहरुमा विपरित परिस्थितिमा आफूलाई कोमामा पारेर शरीरको मेटाबोलिजमलाई निस्क्रिय गर्ने क्षमता नै हुँदैन ।

पुनर्जीवित मात्रै भएन, बच्चा पनि जन्मायो

डेलोयड रोटिफर्स २४ हजार वर्षपछि जीवित मात्रै भएनन्, यसको प्रजनन पनि गरियो । यसले एसेक्सुअली अर्थात् पार्थेनोजेनेसिस प्रक्रियामार्फत् नयाँ रोटिफर्स पैदा गर्यो । अघिल्लो वर्ष गरिएको अनुसन्धानको विषयमा वैज्ञानिकले यो डेलोयड रेटिफर्समाथि अनुसन्धान गरिरहेको छ । यसले प्राचिन जीवबारे थाहा पाउन मद्दत मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने